skip this

गुल्मीको अर्बेनीमा पुनः मतदान हुने

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको छ । मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

त्यस्ता मत पत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुन : मतदान अधिकृतसहितको टोली पठाएर पुन मतदान गर्ने बताइएको छ । तर पुन : मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वषन्तराज पौडेलले जानकारी दिए ।

त्यस मतदान केन्द्रका मतदान अधिकृत होमनाथ पौडेलका अनुसार दिउँसो साढे २ बजेको समयसम्म मतदान चलेको थियो ।

 

nijgadh-supermart-adz1200-630