skip this

प्रचण्ड उम्मेदवार रहेको गोरखामा जम्मा ५०.८५ प्रतिशत मत खस्यो

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

गोरखा-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखामा जम्मा ५०.८५ प्रतिशत मत खसेको छ ।

११ स्थानीय तह रहेको गोरखामा जम्मा २ लाख २० हजार ६३७ मतदाता रहेकामा जम्मा १ लाख १२ हजार १९८ मत खसेको छ । तर, १ लाख ८ हजार ४३९ मतदाताले भोट नै हालेनन् ।

गोरखामा २ निर्वाचन क्षेत्र रहेका छन् भने प्रचण्ड क्षेत्र नम्बर २ को उम्मेदवार हुन् ।

 

nijgadh-supermart-adz1200-630