skip this

१५ केन्द्रमा मतदान स्थगित : निर्वाचन आयोग

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ।

अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ।

यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरू गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

 

nijgadh-supermart-adz1200-630