कैलाली १ र ३ मा मतगणना सुरु, ५ मा १ बजेदेखि हुने
वि.सं.२०७९ मंसिर ५ सोमवार १३:०४
1.7K
shares

काठमाडौं ।कैलाली क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो । क्षेत्र नम्बर–५ मा १ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
बिहान १० बजे सकिएको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कैलाली–२ मा सर्वदलीय बैठक जारी छ ।
वि.सं.२०७९ मंसिर ५ सोमवार १३:०४

















