बारा १ मा एमालेका अच्युत मैनालीको सुरुवाती अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार १९:३५
2.83K
shares

बारा-बारा क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ अच्युत प्रसाद मैनालीले अग्रता लिएका छन् ।
मैनालीले ६७ मतान्तरले अग्रता लिएका हुन् ।
नेकपा (एमाले) का अच्युत प्रसाद मैनालीले १२५२ मत ल्याएका छन् ।
२७ सय ९५ मतगणना सकिदा नेपाली कांग्रेसका उमाकान्त चाैधरीले ११८५ मतले पछ्याएका छन् ।
काेल्हवी ४ (क) सपही, लाल रतनपुरी, डम्बरपुर (क), आदर्शकाेतवाल बाेहा जमुनिया, निजगढ (ख) केन्द्रकाे मतपेटिका गणना गरिएको हाे ।
मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का गणेश धिमाल ७८ मतसहित तेस्रो स्थानमा छन् । हाम्रो नेपाली पार्टी (लाैराे) का डा. राकेश न्याैपानेले ६८ मत ल्याएका छन् ।
वि.सं.२०७९ मंसिर ५ सोमवार १९:३५
















