skip this

मध्यपुर थिमीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भक्तपु। मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीमा  शनिबार राति भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।पुरानो थिमी ओरालोमा दुवाकोटबाट पुरानो थिमितर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च. ४२९३ नम्बरको महेन्द्रा म्यासिमो गाडी विपरित दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठाेक्किदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछेंका २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको हो ।

फसिकवालाई उपचारको लागि मध्यपुर ठिमी अअस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भक्तपुर नगरपािलका-७ गोलमढीका ३२ वर्षीय सिनल ग्वाछाको सोही अस्ततालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

घटनास्थलमा प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको टोली पुगि प्रारम्भिक अनुसन्धान गरी दुर्घटनामा संलग्न गाडी र चालक सिन्धुली फिक्कल गाउँंपालिका-१ घर भई भक्तपुरको दुवाकोटका २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमिमा राखिएको छ । 

nijgadh-supermart-adz1200-630