skip this

चीनमा कोरोना संक्रमण बढ्दो क्रममा, स्वास्थ्य स्याहार प्रणाली धराशायी हुने सम्भावना

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।चीनको कोभिड नीतिमा एक सय असी डिग्री कोणमा परिवर्तन भएपछि चीनका अस्पतालहरू निकै दबाबमा परेका छन् । जसको कारण डाक्टर र नर्सहरूले समेत अस्पतालमा बिरामीलाई कोरोना संक्रमण गर्न सक्ने देखिएको छ । कर्मचारी अभावका कारण अग्रमोर्चाका चिकित्साकर्मीहरूलाई आफैँ भाइरस संक्रमित भएपनि काममा खटिन निर्देशन दिइँदै गरेको देखिन्छ ।

स्वास्थ्य नीतिमा विशेषज्ञता हासिल गर्दै आइरहेका एकजना चिनियाँ प्राध्यापकले अमेरिकाको याले विश्वविद्यालयबाट आफ्नो मुलुकको यो समस्यालाई अनुगमन गरिरहेका छन् । प्राध्यापक चेन सिले बीबीसीलाई भनेका छन्, “अहिलेको प्रणालीमा रहेको ठूलो तनावबारे मैले चीनमा रहेका अस्पतालका निर्देशकहरू र अन्य चिकित्सा कर्मचारीहरूसँग कुरा गरिरहेको छु । संक्रमित मानिसहरूले अस्पतालमा काम गर्नुपर्ने परिस्थितिका कारण त्यहाँ कोरोना भाइरस फैलिने वातावरण बनेको छ । बढ्दो बिरामीको चापका कारण चीनका अस्पतालहरूले हतार हतारमा ज्वरोको उपचार गर्ने वार्डहरू थपिरहेका छन् । तर, त्यस्ता वार्डहरू पनि तुरुन्तै भरिने गरेका छन् । अझै संक्रमित भएपछि घरैमा बस्न सकिने सन्देश प्रवाह नभइसकेकाले पनि अस्पतालमा चाप बढेको हो ।

nijgadh-supermart-adz1200-630