काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न तयार छु–मेटमणि चौधरी
वि.सं.२०७९ मंसिर २९ बिहीवार १३:१३
1.08K
shares

काठमाडौं । आफू काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न तयार रहेको शहरी विकास मन्त्री मेटमणि चौधरीले बताएका छन् ।काठमाडौं महानगरको २८ औं महानगर दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले महानगरको विकासका लागि नीतिगत सहयोगको प्रतिबद्धता जनाए ।
उनले भने, ‘विगतदेखि नै शहरी विकास मन्त्रालयले महानगरपालिकासँग समन्वय गरेर शहरी सौन्दर्य, शहरी स्वास्थ्य र शहरी वातावरण निर्माण गर्न नीतिगत सहयोग गर्न प्रतिबद्ध छौँ।’महानगरपालिकाले सहभागितामूलक लोकतन्त्रलाई थप बलियो पार्ने अपेक्षा गरेको बताएका छन् ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार १३:१३

















