skip this farak Kura Pravakar

जुम्लामा भिरबाट लडेर बालकको मृत्यु

2.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जुम्ला-जिल्लाको सिंजा गाउँपालिका– ६ रुघा गाउँमा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ। अन्दाजी ३ वर्ष उमेरका बालक मृत्यु भएको वडा सदस्य रामबहादुर रोकायाले बताए।

डिभिजन बम नाम गरेका बालकको शनिबार दिउँसो साढे ४ बजे भिरबाट लडेर मृत्यु भएको रोकायाले जानकारी दिए । बिहान दाजुहरुसँग गाई चराउन सँगै लगिएका उनको लडेर मृत्यु भएको हो ।

‘एकै घरका ३ भाइ गाई चराउन गएको रहेछन्। बेलुका घर फर्केने क्रममा चिमालचौर भन्ने भिरबाट लडेर १० मिटर तल नदीमा परेछन्, उनको शव फेला परेको छ’ रोकायाले भने ।

 

nijgadh-supermart-adz1200-630