skip this farak Kura Pravakar

धनुषामा किराना पसलमै गोली हानेर पसलेको हत्या

1.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम-धनुषाको सिमावर्ती मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित एक पसलमा गोली हानेर पसलेको हत्या गरिएको छ ।

अज्ञात समूहले गोली हानेर ३५ वर्षीय भनु दासको हत्या गरेको हो । घरमै रहेको आफ्नै किराना पसलमा बसेका बेला उनीमाथि गोली प्रहार भएको स्थानीयले बताएका छन् ।

दासको काखमा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते उनलाई जनकपुरस्थित प्रादेशिक अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो । अहिले अस्पतालमा मुखियापट्टीका मानिसहरुको भीड लागेको छ ।

मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरी भारततर्फ फरार भएको बताइएको छ ।

 

nijgadh-supermart-adz1200-630