प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णय : सुशासन, सेवा प्रवाह र विकास निर्माणमा प्रभावकारिता अभिवृद्धि
वि.सं.२०७९ पुस ११ सोमवार २१:१३

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणमा प्रभावकारिता अभिवृद्धि गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार पद बहालीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेर यस्तो निर्णय गरेका हुन् ।
सोमबारै सिंहदरबारमा बसेको पहिलो मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले जनतामा आशा जगाएको भन्दै निर्वाचनबाट आएको निर्णयलाई मन्त्रिपरिषद्ले समेटेको पनि बताए ।
‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरू छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरूको संकल्प भएकाहरूको केन्द्रिकरण भएको छ । त्यस कारण मलाई सहज लागेको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको भन्दै राहदानी, लाइसेन्सजस्ता सेवा प्रवाह गर्ने कार्यालयमा लामो लामो लाइन रहने गरेकाले अव ती समस्या समाधान गर्ने संकल्प गरेको बताए ।
वि.सं.२०७९ पुस ११ सोमवार २१:१३















