नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोल्हवीको कार्यालय उद्घाटन
वि.सं.२०७८ कात्तिक १३ शनिवार २०:०५
2.12K
shares

बारा : नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) कोल्हवी नगर कमिटी कार्यालय बाराको उद्घाटन गरिएको छ ।
पार्टीका प्रदेश कमिटी सदस्य देबेन्द्र पराजुली (दिप) ले रिवन काटेर बाराको कोल्हवी नगरपालिका वडा नं. १ मा कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तपेश्वर चौधरी, रविराज दंगालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बासु चौधरी, वसन्त चौधरी, रामचन्द्र साफी, रिता देबकोटा, वसन्त सुबेदी, अमृत कुमार जि. आर लगायतको उपस्थिति रहेको थियो । छबिलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामचन्द्र साफी र संचालन कैलाश बिकको रहेको थियो ।
वि.सं.२०७८ कात्तिक १३ शनिवार २०:०५
















