skip this

जनमत पार्टीबाट मन्त्री बनेका ३६ वर्षका अब्दुल खान को हुन् ?

यस्तो छ राजनीतिक यात्रा

3.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीबाट अब्दुल खान सहभागि छन् । सितल निवासमा राष्ट्रपतिबाट मन्त्री पदको सपथ लिएका उनले पदभार ग्रहण भने गरेका छैनन् ।

सत्ता गठबन्धनको सहमति अनुसार जनमतले उद्योग मन्त्रालय पाउने भनिएको छ । तर, सोमबार खानलाई विना विभागिय मन्त्रीका रुपपमा सपथ खुवाईएको छ ।

को हुन् अब्दुल ?

२०४३ मा बर्दियाको गुलरिया नगरपालिका–११ मा बुवा ईमाम खाँ र आमा असगरा वेगमको कोखबाट चौथो सन्तानका रुपमा जन्म लिएका उनी कान्छो छोरा हुन् ।

गरिब परिवार भएकोले मदर्शा शिक्षा हुँदै स्थानिय विद्यालयमा पठन पाठनगर्दै बर्दिया, कैलाली र काठमाडौंमा उच्च शिक्षा हासिल गरेका छन् । उनले पब्लिक हेल्थ विषयमा स्नातक उत्तीर्ण गरेका छन् । उनी जनमत पार्टीको प्रथम उपाध्यक्ष तथा संसदीय दलको उपनेता हुन् ।

राजनीतिक यात्रा

गत ४ मंसिरमा सम्पन्न आम चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् । ३६ वर्षीय खान जनमत पार्टीका दोस्रो वरियताका नेता हुन् ।

२०६८ सालमा जनमत पार्टीको गठन भएदेखि नै सक्रिय भएर लागेका कारण आफू सीके राउत पछि सबै भन्दा धेरै १६ पटक गिरफ्तारमा परेको बताउँछन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारसंग सम्झौता गरेर राजनीतिमा आउँदा खान मञ्चमा डा. राउतसंगै थिए ।

एनजीओ तथा आईएनजीओको जागिर छोडेर राजनीतिमा लागेका खान जनमत पार्टीमा ११ वर्ष बिताएका छन् । गत चुनावबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् ।

यसरी जोडिए जनमतसंग

२०६८ मा रुलअफदी एनजीओ, आईएनजीओ ईन डेभलपिंग मधेश भन्ने कार्यक्रममा स्वयम् सेवकको रुपमा काम गर्न गएका थिए ।

काठमाडौंको अनामनगरमा डा.राउतको प्रथम कार्यक्रममा पुगेका खान त्यसयता संगैछन् । दुई दिने कार्यक्रममा डा. राउतसंग सम्पर्कमा पुगेका खान डा. राउतको ब्ल्याक बुद्ध भिडियोबाट प्रभावित भए । त्यसबेलादेखि उनी निरन्तर रुपमा मधेश स्वतन्त्रताको पक्षमा डा. राउतसंगै निरन्तर साथमा छन् ।

काठमाडौं देखि मधेशको विभिन्न जिल्लाहरुमा डा. राउतको छायाँको रुपमा मानिसहरुसंग भेटघाट, छलफल, मधेशको ईतिहासको परिचय सहित जागृत अभियानमा खान सक्रिय रहे ।

२०६९ सालमा डा. राउत द्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी सम्माहालेका थिए । खान विदेशमा स्वतन्त्र मधेशको चर्चा गर्ने ब्यक्तिका रुपमा अघि बढेका थिए ।

यस्ता छन् योजना

देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने र १० लाख युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने पार्टीको नीति अनुसार अघि बढ्ने योजनामा छन् । पार्टीको घोषित नीति कार्यान्वयन गर्ने उनको बाचा छ ।

भ्रष्टाचारको अन्त्य गर्न शुन्य सहनसिलता कायम गर्ने उनको योजना छ । कामको ढिलासुस्तीको अन्त्य गरी जनतालाई राज्यको प्रत्याभूति गराउने उनले बताए । ‘सामुदायिक समाजवाद लागु गर्न पहल गर्छु,’ खानले भने–‘गाँस, बास, कपास, शिक्षा, स्वास्थको ब्यवस्था गर्दै रोजगारीको सृजना गर्ने काममा अघि बढ्छु । यसका साथै किसानको समस्या समाधान तर्फ मेरो ध्यान केन्द्रित हुन्छ । यो लगायत पूर्वाधार निर्माणका काममा पनि म अघि बढ्छु ।’

nijgadh-supermart-adz1200-630