skip this

व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको शेखर–गगन समूहको निष्कर्ष

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठकले निष्कर्ष निकालेको छ ।बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको भूमिका र पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको थियो ।

सत्ता समीकरण फेरिएसँगै संस्थापन र इतर समूहबीच एकआपसमा घोचपेच चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेपछि कांग्रेस सत्ताबाहिर पुगेको छ ।गठबन्धनको आडमा पहिलो पार्टी बनेको कांग्रेस प्रचण्डलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिने पक्षमा उभिएपछि अहिले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको छ ।

आजको इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा.शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी थिए । इतरसमूहले देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको छ ।

nijgadh-supermart-adz1200-630