वीरगञ्जका तीन गोदाममा प्रहरीको छापा, १३ लाख बढी मूल्यको चामल बरामद
वि.सं.२०७९ पुस २० बुधवार २०:३१
1.08K
shares

वीरगञ्ज -प्रहरीले वीरगञ्ज–११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ ।
बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो ।
भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २० र २४ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
यस्तै देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको उनको भनाइ छ ।
बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको उनले जानकारी दिए ।
वि.सं.२०७९ पुस २० बुधवार २०:३१
















