मेयर बालेन इन्डोनेसिया भ्रमणमा
वि.सं.२०७९ पुस २० बुधवार २०:२८
2.49K
shares

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया गएका छन् । मेयर बालेन निजी भ्रमणको लागि इन्डोनेसिया गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।
‘हिजो (१९ गते) बेलुकी मेयरज्यू परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किनुभएको हो’, शाहले भने ।
उनका अनुसार बालेन २५ पुसमा नेपाल फर्किनेछन् । यो भ्रमण नितान्त निजी रहेको र सरकारी कार्यक्रम नरहेको स्वकीय सचिव भुपदेवले बताए ।
काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो विदेश भ्रमण हो ।
वि.सं.२०७९ पुस २० बुधवार २०:२८
















