skip this

भारतबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना, १४ नेपालीको मृत्यु

720 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना हुँदा १४ जना नेपालीको मृत्यु भएको छ।भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना भएको हो ।

मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।

nijgadh-supermart-adz1200-630