यो सरकारलाई कसैले ढाल्छ कि नसोच्नुहोला, धेरैधेरै खेलाडीहरू दर्शक भएका छन् : केपी ओली
वि.सं.२०७९ पुस २५ सोमवार १७:४१

काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कसैले नढाल्ने बताएका छन् ।
सोमवार आयोजित सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा ओलीले सरकार ढल्ने बजार हल्लाहरू गलत भएका बताए ।
‘बजार हल्लाहरू हुन्छन्, हल्लै हल्लाको देश नभए पनि हल्ला बेसरी चल्छ । यो सरकार, यसभित्र खेल हुन्छ कि, कसैले ढाल्छ कि नसोच्नुहोला । धेरैधेरै खेलाडीहरू दर्शक भएका छन्, रिङ बाहिर बसेर हेर्न बाध्य छन्,’ उनले भने, ‘यो सरकार बनाइएको स्थिरताका लागि हो, यो सरकार स्टेबल र इफेक्टिभ सरकारका रूपमा अगाडि बढ्छ । हल्लाका पछाडि लाग्नुको कामै छैन, आवश्यकता छैन ।’
ओलीले सरकार निकम्मा, निष्क्रिय, शिथिल, यथास्थितिमा नरहने कर्मचारीतन्त्रलाई जानकारी गराए । ‘मेरो पार्टी संसदको ठूलो दल हो, मेरो साथ, सहयोग, समर्थन यस सरकारलाई छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूका दायाँबायाँ बसेका सबै पार्टीको सहयोग रहन्छ सरकारलाई ।’
वि.सं.२०७९ पुस २५ सोमवार १७:४१

















