ट्रेण्डिङमा हिमाल सागर–समिक्षा अधिकारीको ‘मायाले मायाले’ (भिडियोसहित)
वि.सं.२०७८ कात्तिक १७ बुधवार १२:४७

काठमाडौं : हिमाल सागर र समिक्षा अधिकारीलेको नयाँ गीत ‘मायाले मायाले’ युट्युब ट्रेण्डिङ नम्बर ७ मा पुगेको छ । युट्युबमा सार्वजनिक गरेको तीन दिनभित्रै गीत ट्रेण्डिङ नम्बर ७ मा पुगेको हो ।

दिपक प्रसाद ओलीको लेखन तथा प्रस्तुतीमा रहेको भिडियोलाई अहिलेसम्म तीन लाखभन्दा बढीले हेरिसकेका छन् । भिडियोलाई विधान कार्की निर्देशन गरेका हुन् । गितमा अर्जुन पोखरेलले संगित दिएका छन् ।

जीतु नेपाल, पल साह र पुजा शर्माको अभिनय रहेको भिडियोमा हिमाल सागर पनि बेहुलाको भूमिकामा देखिएका छन् ।
लाहुरे कुरीरहेकी युवती आफ्नो बनाउन खोज्ने युवा–युवतीको कथालाई गितमा उतारिएको छ । पधेँरोमा जीतु र पुजाको भेट हुन्छ ।

भिडियोमा जीतु र पुजाको संवाद :
जीतु – हैन हो, कति अरु साथीसंग डुलेर हिन्छेउ हो,
अब त जीवन साथीसंग हिड्ने बेला हो ।
चाउरी परिएला हो, त्यो लाहुरेलाई करेरे
विचार गर बेलैमा, जन्ती ल्याउँछु घरैमा
जवाफमा
पुजा – जाने त लाहुरीनी भएरै हो, लाहुरेसंग
माने मनाएर, नमाने भगाएर

भिडियोमा हिमाल सागरलाई विवाह मण्डपमा देखाईन्छ । त्यहिँ जीतुले पुजालाई मन पराएको कुरा देखाईन्छ । त्यसपछि उनले आफ्नो बनाउन विभिन्न प्रयास गरेको देखाइन्छ । अन्ततः लाहुरे आएपछि हिस्स परेको जीतुले साँच्चै नै लाहुरीनै हुन्छे कि क्या हो भनेर कथा सकिन्छ ।

लकडाउन अघि अमेरिका पुगेका हिमालले केहि समयअघि स्वदेश फर्केपछिको नेपालमा बनाईएको उनको पहिलो गित हो । उनले अमेरिका बसेर समेत यसअघि लगायत तीन वटा गित सार्वजनिक गरेका थिए ।
भिडियो
वि.सं.२०७८ कात्तिक १७ बुधवार १२:४७
















