skip this farak Kura Pravakar

घट्यो सुन र चाँदीको भाउ

2.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं  : बुधबार सुन तथा चाँदीको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँ सस्तो भएको छ ।
मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । आज तेजाव सुनको मूल्य ९१ हजार रुपैयाँ छ ।
यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य आज एक हजार २२५ रुपैयाँ तोकिएको छ । मंगलबार एक हजार २५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

nijgadh-supermart-adz1200-630