नेपाली महिला फुटबल टीमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने
वि.सं.२०७९ पुस २९ शुक्रवार २१:१६

काठमाडौं-नेपाली राष्ट्रिय महिला फुटबल टीमले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
शुक्रबार आकस्मिक बसेको अखिल नेपाल फुटबल संघ(एन्फा) कार्यसमति बैठकले नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव स्वीकारेको हो ।
फिफा डे को अवसर पारेर फेबू्रअरी १३ देखि २५ सम्म मैत्रीपूर्ण खेल खेल्ने भारतले गरेको प्रस्ताव आज बसेको कार्यसमिति बैठकले स्वीकारेको हो ।
अहिले कार्यसमिति बैठकले भारतले गरेको प्रस्ताव स्वीकारेको हो । तर, कतिवटा खेल खेल्ने कुन-कुन मितिमा भन्ने कुरा तय नभएको एन्फाका प्रवक्ता सुरेस शाहले बताए ।
‘हामीले भारतले गरेको प्रस्ताव स्वीकारेका हौं । कति खेल कुन-कुन मितिमा भन्ने कुरा उनीहरुले फेरि पत्र पठाएपछि थाहा हुन्छ’, उनले भने ।
यस्तै, शुक्रबारको कार्यसमिति बैठकले फागुन १९ देखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको टिकट दर पनि तय गरेको छ । भिआईपी प्याराफिछ तर्फ तीन सय र सामान्यतर्फ एक सय टिकको मूल्य एन्फा कार्यसमिति बैठकले तोकेको हो ।
‘बी’ डिभिजन लिग पनि चौत्र १५ बाट सुरु हुने भएको छ ।
वि.सं.२०७९ पुस २९ शुक्रवार २१:१६

















