रास्वपाबाट मन्त्री टुंगो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई
वि.सं.२०७९ माघ २ सोमवार २२:०६
1.09K
shares

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई दिइएको छ।
रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।
सांसद परियारका अनुसार सत्ता साझेदार दलहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो।
वि.सं.२०७९ माघ २ सोमवार २२:०६

















