सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्नु हुँदैन – कृष्णगोपाल श्रेष्ठ
वि.सं.२०७९ माघ ७ शनिवार १५:००

काठमाडौं । सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले बताएका हुन्।आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरूले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिए।का छन् ।
सांसद श्रेष्ठले विगतमा सभामुखबाट दल फुटाउने भूमिका खेलेको भन्दै अबको सभामुखबाट कुनै पनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताएका छन्। सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भूमिका निभाइ निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने जिकिर गरेका छन् । सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन आग्रह गरेका छन्।
वि.सं.२०७९ माघ ७ शनिवार १५:००
















