skip this

आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ –विश्वप्रकाश शर्मा

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् दुखी बनेर, श्रद्धाञ्जली दिएर मात्र उन्मुक्ति नमिल्ने पनि बताएका छन्।स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ दुःखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन१ नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ। उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ। केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन।’

nijgadh-supermart-adz1200-630