विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु
वि.सं.२०७८ कात्तिक २२ सोमवार १५:०५
1.31K
shares

हेटौंडा : मकवानपुरका विद्यार्थी नेता गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ ।
हेटौंडा–१७ का २५ वर्षीय अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो । गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।
घर अगाडीको पोलमा विद्युतीय तार मिलाउन चढेका उनलाई करेन्ट लागेको हो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनमा लामो समय राजनीति गरेका अधिकारी पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा आवद्ध थिए।
वि.सं.२०७८ कात्तिक २२ सोमवार १५:०५
















