skip this

मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहनेछ –मुख्यमन्त्री कार्की

654 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियानकर्मीको सम्मेलन–२०७९ को आज उद्घाटन गर्दै उनले प्रदेश सरकारको क्षेत्राधिकारभित्र रही मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको विचार व्यक्ति गरेका छन् ।

उनले प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व सबैमा रहेको उल्लेख गर्दै संरचनाको सम्बन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउन पहिलो प्रयासका रुपमा मन्त्रालयको सङ्ख्या १३ बाट घटाई नौमा झारेकामा हौसला प्रदान गर्न आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेको र अनुकूल समयमा सर्वसम्मति वा विधि प्रक्रिया पूरा गरेर राख्ने हुनाले नामका लागि सल्लाह सुझाव दिन आग्रह गरेका छन् । उनले नामकरणको समयमा हुने विरोध, आन्दोलन गर्ने गलत कार्यविरुद्ध सरकारलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । मञ्चका अध्यक्ष भरत खड्का, केन्द्रीय महासचिव विदुर सुवेदी, संस्थापक सदस्य सुबोध प्याकुरेल, डा.नेत्र तिम्सिना लगायतले मानवअधिकार, सामामाजिक न्याय र सङ्घीयता बलियो बनाउने कार्यमा अधिकारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

nijgadh-supermart-adz1200-630