केही ठाउँमा मौसम बदली, पानी पर्ने सम्भावना
वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०८:१९
819
shares

काठमाडौं : अहिले देशका अधिकांश पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ ।
मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जलतथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको मंगलबा बिहानको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । महाशाखाका अनुसार आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर पर्ने छैन ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०८:१९

















