skip this farak Kura Pravakar

टर्कीमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। टर्कीको दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४० हजारभन्दा बढी पुगेको बताइएको छ ।

प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित बन्दा भग्नावशेषमा फसेकाहरूलाई जीवितै उद्धारको सम्भावना कम हुँदै गएको छ । उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।करिब ६ हजार भवन भत्केकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्मीले बताएका छन् ।

nijgadh-supermart-adz1200-630