skip this

टर्की र सिरियामा भूकम्पः ८ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । टर्की र सिरियाका अमेरिकाले ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । यो रकम चिसोबाट जोगाउन तथा खाना, पानी र स्वास्थ्यका लागि खर्च गर्नु पर्नेछ ।

सोमबार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन्भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको थियो ।

nijgadh-supermart-adz1200-630