skip this

पूर्वयुवराज्ञी हिमानी शाहको ‘क्रेज’ (फोटो फिचर)

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा तराई आएकी छिन् । हिमानी हवाइ यात्रा गरेर सिमरा विमानस्थल ओर्लिएकी हुन् ।
विमानस्थलमा विश्व हिन्दु महासंघ बाराका अध्यक्ष बासुदेव गौतमलगायत, विभिन्न राजावादी संघसस्था र समुह र समर्थक सिमरा विमानस्थल पुगेका थिए ।
विमानस्थलमा सयौं व्यक्तिले फुलगुच्छासहित स्वागत गरेका थिए । उनी सिमराबाट वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा छठ पूजा गर्न पुगेकी थिईन् ।
धनुषा (जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने प्रचार गरिएपनि कार्यक्रम भएन् । २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आबद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टि गर्ने भनेर काठमाण्डौंमा पत्रकार सम्मेलन गरिएको थियो ।

तस्वीरहरु : अंकित गौतम

 

 

nijgadh-supermart-adz1200-630