skip this

जगेडाका तीन उपसचिव बाराको पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाईयो

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–संघीय मामिला तथा सामान्य प्रशासनले जगेडामा रहेका तीन जना उपसचिवलाई बाराको तीन पालिकामा पठाईएको छ ।

शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारीविहीन अवस्थामा राखिएका उपसचिवहरुलाई बुधबार मन्त्रालयले कामकाजमा खटाउने निर्णय गरेको थियो ।

मन्त्रालयले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिकामा सरुवा गरेको हो । निजगढमा राजमाणी निरौला, कोल्हवीमा विष्णुभक्त सिग्देल, सिम्रौनगढमा संजय कुमार पोखरेललाई खटाएको हो ।

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जिम्मेवारी सम्हालेपछि कर्मचारी सरुवा व्यवस्थामा कडाइ, अतिरिक्त समूहमा रहेका कर्मचारीलाई कामकाजमा खटाउने काममा तीव्रता दिएका छन् । उनले निमित्त प्रमुख नखान्ने नीति बनाएका छन् ।

nijgadh-supermart-adz1200-630