skip this farak Kura Pravakar

बिभिन्न चाडपर्वले नेपालीको मौलिक पहिचान कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् –अध्यक्ष तिमिल्सिना

651 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, । ग्याल्पो ल्होसार पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाको सन्देशमा भनिएको छ, “विविध जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा ग्याल्पो ल्होसारजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, धार्मिक, जातीय र भाषिक सम्मान तथा संरक्षण गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा योगदान गर्नुका साथै नेपालीको मौलिक पहिचान कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।”

शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले ग्याल्पो ल्होसार पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने पर्वका साथै सम्पूर्ण नेपालीबीच साझापन र हार्दिकताको एक उदाहरण भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630