skip this

प्रचण्डले यो गठबन्धन टुटाए चरम अवसरवादी भएको प्रमाण हुनेछ –योगेश भट्टराई

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सत्ता गठबन्धन जोगाउने पक्षमा आफहरु रहेको नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बताएका छन् । सचिव भट्टराईले आफूहरूका कारण अहिलेको सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

आज सुर्खेतको दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले नेकपा एमाले सत्ता गठबन्धन जोगाउने पक्षमा रहेपनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर रहेकाले भरोसा नभएको बताएका हुन् ।सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने हुँदा कांग्रेसले नैतिक रुपमा समर्थन गर्न नमिल्ने भट्टराईको भनाई छ । पछिल्लो समय सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ ।

अस्थिर राजनीतिले कसैलाई फाइदा हुँदैन। कुनै गन्तव्यमा पुग्न स्थायित्व हुनुपर्ने हो। तर प्रचण्डमा त्यो स्थिरता देखिँदैन। प्रचण्डले यो गठबन्धन टुटाए चरम अवसरवादी भएको प्रमाण हुनेछ।’, उनले भने ।

nijgadh-supermart-adz1200-630