skip this

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सबै पक्षलाई आयोगको आग्रह

573 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकार र सम्बद्ध सबै पक्षलाई राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धमा सर्वोच्च अदालतको आदेश, आयोगले विगतमा दिएका सुझाव र अन्तर्राष्ट्रिय मान्यताबमोजिम हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न र यथाशीघ्र आयोग गठन गरी यस विषयलाई छिटो टुङ्गोमा पुर्‍याउन आग्रह गरेको छ

विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट बहस भइहरहेका र यथाशीघ्र निष्कर्षमा पुर्‍याउन सरकारसँग माग गरिएको छ । यसै सन्दर्भमा केही द्वन्द्वपीडित न्यायको मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न गएको विषयमाथि केही राजनीतिक दलहरुले प्रश्न उठाउनुले द्वन्द्वपीडितको न्याय खोज्ने हकमा अवाञ्छित प्रभाव पर्नसक्ने देखिएको विज्ञप्तिमा भनिएको छ ।

nijgadh-supermart-adz1200-630