आज प्रधानमन्त्री दाहाल र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
वि.सं.२०७९ फागुन २४ बुधवार ११:२०
1.83K
shares

काठमाडौं। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ ।
उक्त भेटमा विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ ।
वि.सं.२०७९ फागुन २४ बुधवार ११:२०

















