skip this

नेपाल सरकार बिआरआईको सफल कार्यान्वयनमा ढृढ रहेको छ–नारायणकाजी श्रेष्ठ

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बिआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्विकार गर्दै त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारेका छन् । सो परियोजनाको सफल र शिघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा दोहोर्‍याउन चाहन्छु। पछिल्लो समयमा विश्व राजनीतिमा भइरहेको अभूतपूर्व परिघटनाहरूलाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौँ। नेपाल बिआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिवद्ध रहेको छ। र, हालसम्म केही ढिलाइ भएको भएपनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बिआरआई परियोजनाको कार्यान्वयन नयाँ कोशेढुंगा हुनेछ भन्नेमा हामी आशावादी छौंँ।नेपाल सरकार बिआरआईको सफल कार्यान्वयनमा ढृढ रहेको छ।’

nijgadh-supermart-adz1200-630