skip this

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र यूरोपियन युनियनका राजदू डिप्रेजबीच भेट

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युरोपियन युनियनका राजदूतको टोलीसँग आज भएको भेटवार्तामा ऊर्जा क्षेत्रको प्रबद्र्धनमा सहयोग पुर्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा जलविद्युत्का साथै स्वास्थ्य, शिक्षाको विकास लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिएका छन् ।

उनीहरुबीच नीति निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो । युरोपियन युनियनका राजदूत नोना डिप्रेजको नेतृत्वमा रहेको टोलीमा युरोपियन युनियनका सदस्य राष्ट्र जर्मन फिनल्याण्ड र फ्रान्सका राजदूतसमेत सहभागी थिए । राजदूतको टोलीले सुदूरपश्चिका डडेलधुरा र डोटीलगायतका जिल्लाको स्थलगत भ्रमण गरेर धनगढी फर्किएको छ ।

जर्मन सरकारको सहयोगमा डडेलधुरामा अस्पताल निर्माणाधीन छ । टोलीले सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अवलोकनका क्रममा मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेय र अस्पतालका अध्यक्ष निर्मल शाहसँग छलफल गरेको थियो । धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाथारुसँग पनि यो टोलीले भेटगरी नगरको विकासमा गर्न सकिने सहयोगका विषयमा समेत छलफल गरेको थियो । युरोपियन युनियनका सदस्य राष्ट्रको सहयोगमा सुदूरपश्चिमा स्वास्थ्य, शिक्षा, पोषणलगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालनमा छन् ।

nijgadh-supermart-adz1200-630