मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य बनाउने जसपाको निर्णय
वि.सं.२०७९ चैत २ बिहीवार १४:५७
804
shares

काठमाडौं । मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी थिइन् ।
वि.सं.२०७९ चैत २ बिहीवार १४:५७

















