skip this

जात्राका लागि नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बैतडी : जात्राको लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । जिल्लाको मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।
मेलौली नगरपालिका १ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ। बिदाको दुई दिन नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिए ।
मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी भारतबाट पनि दर्शनार्थी आउने गरेका छन् । यस्तै सदरमु्कामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ । नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएको बिदा दिइएको जनाइएको छ ।
बिदाको .दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय लगायतका कार्यालयमा बिदा रहने जनाइएको छ । जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्ने गरेको छ ।

nijgadh-supermart-adz1200-630