दुई महिनापछि कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
वि.सं.२०७९ चैत १२ आइतवार १०:५५
978
shares

काठमाडौं । आज दुई महिनापछि कर्णाली प्रदेश सभाको बैठक बस्दैछ । माघ ६ गते स्थगित भएको छैठौं बैठक आजबाट बस्ने भएको हो । आज दिउसो तीन बजेबाट बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रदेश सभालाई कुनै पनि विजनेश दिन असमर्थ छ । जसका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सरकारले विजनेश नदिएका कारण बैठक बस्न नसकिएको जानकारी गराए ।
वि.सं.२०७९ चैत १२ आइतवार १०:५५
















