skip this

नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले लगाए दर्ज्यानी चिह्न

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलेदर्ज्यानी चिह्न लगाएका छन् । आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी(को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका छन् । कुँवरले चैत ८ मा एआईजीको फुली लगाएका थिए ।

nijgadh-supermart-adz1200-630