skip this

देशका सबै समस्याको जिम्मेवारी बाह्य शक्तिलाई दोष दिएर पन्छिन मिल्दैन–शेखर कोइराला

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देशको अवस्थाप्रति नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले चिन्ता व्यक्त गरेका छन्। आज प्रतिनिधिसभाको विशेष समयमा डा.कोइरालाले राज्यका विभिन्न क्षेत्रमा समस्या देखिएकाले त्यसको समाधानका लागि सरकारले गम्भीर बन्न आग्रह गरेका हुन्।

उनले देशमा छाएको आर्थिक संकट समाधानका लागि दलहरुको पहल गर्न माग गरे। उनले भने, ‘देशमा आर्थिक संकट छाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आइलागेको छ। देशका सबै समस्याको जिम्मेवारी बाह्य शक्तिलाई दोष दिएर पन्छिन मिल्दैन।’

राजनीतिक पद्धति अनुसार हाम्रो व्यवाहार भएन भने त्यसले उपलब्धि नदिइ व्यवस्थालाई नै धरापमा पार्ने उल्लेख गरे। ‘जनताले आफ्नो जीवनस्तरमा सुधार आएन भन्ने चिन्तामा छन्। उनीहरुको चिन्ता सम्बोधन गर्न हामी एक ठाउँमा उभिनुपर्छ। विदेश जान विमानस्थलमा लामबद्ध युवाको अनुहार दिमागमा आइरहेको छ, उनले भने।

nijgadh-supermart-adz1200-630