skip this

कुनै पनि दुर्घटनामा घाइते हुने यात्रुको उपचारमा सरकारले सहज व्यवस्थाका गर्नुपर्छ –रामहरि खतिवडा

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सांसद रामहरि खतिवडाले कुनै पनि दुर्घटनामा घाइते हुने यात्रुको उपचारमा अस्पतालले धरौटी माग्ने गरेको र विभिन्न कठिनाइ रहेको बताउँदै यसमा सहज व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन् । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन ।त्यस्तै उनले आमजनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क तथा प्रभावकारी सेवा प्रदान आवश्यक प्रबन्ध गर्नसमेत माग गरेका छन् ।

त्यसैगरी सांसद अरुणकुमार चौधरीले सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको कर्णाली चिसापानी पुल उचित मर्मतको अभावमा नटबोल्ट खिइएर झरेको अवस्थामा रहेकाले दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै तत्काल उचित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

सांसद प्रभु साहले राजस्व छल्ने नाममा आतङ्क मच्चिएको र राजस्व छलिका मुद्दामा पक्राउ गर्नेलाई प्रदान गरिने ४५ प्रतिशत कमिसनको व्यवस्थाको दुरुपयोग भएको बताउँदै यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।

nijgadh-supermart-adz1200-630