निजगढका नारायण गौतम नेकपा (एमाले) प्रदेश कमिटीमा मनोनित
वि.सं.२०७८ मंसिर २ बिहीवार १८:१९

बारा : नेकपा (एमाले) प्रदेश नं. २ कमिटीको सदस्यमा बाराको निजगढका एमाले नेता नारायण गौतम मनोनित भएका छन् ।
पार्टीको प्रदेश कमिटी कार्यालय सचिव मनोज खड्काद्धारा हस्ताक्षरित मनोनित पत्र सामाजिक सञ्चालमा सार्वजनिक भएको छ ।
को हुन गौतम
पार्टीको जिल्ला कमिटीमा रहेका गौतम एमाले–माओवादी एकता अघि स्कुल विभाग प्रमुख थिए । उनी केपी ओली समुहमा रहेका थिए । निजगढ नगरपालिकाको मेयरका आकाक्षिका रुपमा चर्चामा आएपनि टिकट पाएका थिएनन् ।
नेता गौतम पार्टीसंगै सामाजिक संघ–संस्थाको नेतृत्वमा सक्रिय छन् । उनी निजगढ ५ स्थित अैचोपैचो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । गौतम बागदेव दुग्ध उत्पादक सहकारी संस्था र सार्वजनिक माध्यमक विद्यालय व्यवस्थापन समिति र जनजागृती सुन्दर सामुदायिक वन समुहका पूर्व अध्यक्ष हुन् ।
पार्टीमा बौद्धिक व्यक्तित्वको छवि बनाएका गौतम साहित्यमा समेत कलम चलाउँछन् ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १८:१९

















