१४ महाधिवेशन : निजगढमा कांग्रेसको दुई वटा प्यानल घोषणा
वि.सं.२०७८ मंसिर २ बिहीवार २०:०९

बारा : नेपाली कांग्रेस निजगढको नगर समितिको नेतृत्वको लागि दुई वटा प्यानल नै खडा गरेर उम्मेदवार सार्वजनिक गरिएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्षेत्रिय प्रतिनिधि छनौंटमै बाहलवाला मेयरलाई पराजित गरेपछि चर्चामा आएको कांग्रेस निजगढको गुठबन्दी प्यानल घोषणाले छताछुल्ल भएको छ ।
कांग्रेस निजगढका दुई नेता शम्भुबहादुर बुढाथोकी र सुरेश कुमार खनाल समुहको दुई वटा छुट्टा–छुट्टै प्यानल सार्वजनिक भएको छ । संस्थापन निकट बुढोथोकी जिल्ला संगठन विभाग प्रमुख हुन भने संस्थापन इतरका खनाल निजगढ नगरपालिकाका मेयर हुन् ।
संस्थापन पक्ष बाहलवाला सभापति महेशी कुमरको नेतृत्वको प्यानलमा छन् भने संस्थापन इतरको नेतृत्व नवराज तिमल्सिनाले गरेका छन् ।
संस्थापनको प्यानल
संस्थापन पक्षबाट सभापतिमा महेशी कुमर, उपसभापतिमा ज्ञानेन्द्रप्रसाद चौलागाई, सुर्य घलान, सचिवमा बद्रीप्रसाद चिमरिया र गोविन्द प्रसाद न्यौपाने, सहसचिवमा गोपालकाजी श्रेष्ठ र हस्तबहादुर कार्की छन् ।

संस्थापन इतरको प्यानल
संस्थापन इतरको प्यानलमा सभापति नवराज तिमल्सिना, उपसभापतिमा ज्ञानबहादुुर गोले र रामकृष्ण सिग्देल, सचिवमा मधु तिमल्सीना र अम्बीर सिंतान, सहसचिवमा बुद्धिमान शाही र सोपिला गुरुङ्ग छन् ।

नगर अधिवेशनको मिति भने अझैं टुङ्गो लागेको छैन् । भोली बस्ने बैठकले एक–दुईभित्रै मिति तय गर्ने जनाईएको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार २०:०९

















