skip this

धर्मपरिवर्तनको डढेलोमा धर्म संस्कृति ध्वस्त हुँदैछ– कमल थापा

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । धर्म परिवर्तनको डढेलोमा धर्म संस्कृति ध्वस्त पार्ने काम भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले परिवर्तनमा सघाउनेहरुले आफ्नो र राष्ट्रिय पहिचान नै संकटमा पारेको बताएका छन्। अध्यक्ष थापाले जातीय पहिचानको नारा लगाउँदै धर्मपरिवर्तनमा सघाउनेहरुले आफ्नो र राष्ट्रिय पहिचान नै संकटमा पारेको दाबी गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धर्मपरिवर्तनको डढेलोमा धर्म संस्कृति ध्वस्त हुँदैछ।’उनले किराँत धर्म नष्ट गरेर राई लिम्वु, बौद्ध धर्म नष्ट गरेर ताम्सालिङ र हिन्दू धर्म नष्ट गरेर खस आर्य, मगर, नेवास् पहिचान खोज्नु युक्तिसंगत नभएको प्रष्ट पारे।

nijgadh-supermart-adz1200-630