skip this

सभामुख घिमिरेले संसदलाई दिए रायमाझी पक्राउ परेको जानकारी, भए निलम्बित

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सभामुख देबराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन । आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासबाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । सो जानकारी पछि सभामुख घिमिरले उनी पक्राउ परेका संसदलाइ जानकारी गराएका हुन् । 

 नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए ।  ‘सांसद  रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद  सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए । 

सभामुखले सो जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो । 
 

nijgadh-supermart-adz1200-630