skip this

आज थप ५ जना कोरोनामा संक्रमण पुष्टि

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पछिल्ला २४ घन्टामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सअवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चारजनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने सो सँगै कोरोनामुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको छ ।

nijgadh-supermart-adz1200-630