skip this

पाकिस्तानमा भारी वर्षा : ७ जनाको मृत्यु

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं  । पाकिस्तानमा भारी बर्षाका कारण ७ जनाको मृत्यु भएको छ ।खैबर पख्तुनख्वा प्रान्तको तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको हो ।

सो बाढीको चपेटामा परेर अन्य ७२ जना घाइते भएको पाकिस्तानी मिडियाले जनाएका छन । बन्नुका कमिश्नर परवेज सबतखेलले डन अखबारलाई भने, ‘ बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावाको साथ भारी वर्षा भएको छ।’

उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ । क्षतिको विवरण लिन प्रभावित क्षेत्रमा टोली पठाइएको छ ।

nijgadh-supermart-adz1200-630