गगन थापाले महामन्त्रीमा चुनाब जितेको खुसीमा बारामा दिपावली
वि.सं.२०७८ पुस १ बिहीवार २०:००
1.49K
shares

बारा : कांग्रेसकाे महामन्त्री पदमा गगन कुमार थापाले जितेकाे खुसीमा बारामा दिपावली गरिएकाे छ ।
नेपाली कांग्रेसको १४ अैा महाधिवेशनमा लाेकप्रिय मतसहित थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा बिजयी भएका थिए ।
बाराकाे निजगढका कांग्रेसका नेता-कार्यकर्ताले मैनबत्तीबाट गगन लेखेर दिपावली गरेका हुन् । 
नेपाली कांग्रेस निजगढ ८ का सभापति प्रदिप अधिकारीले युवाहरुको ढुकढुकी सर्वप्रिय नेता गगन कुमार थापा नेपाली काँग्रेसको महामन्त्री जस्तो गरिमामय पदमा निर्वाचित भएकाेमा खुशियाली मनाइएकाे बताए ।
वि.सं.२०७८ पुस १ बिहीवार २०:००
















